दोश्रो विश्व विद्यालय खेलकुद पोखरामा हुने

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दोश्रो विश्व विद्यालय खेलकुद प्रतियोगिता माघ २३ गतदेखि पोखरामा हुने भएको छ ।

विश्व विद्यालय अनुदान आयोगको सह–आयोजना तथा गण्डकी विश्वविद्यालयको समन्वयमा हुने प्रतियोगितामा विभिन्न ४ खेलमा प्रतिस्पर्धा हुनेछ । भलिबल, एथलेटिक्स, टेबलटेनिस र ब्याडमिन्टनमा १७ स्वर्णका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक समेत रहेका राखेपका सदस्य डा. मधुसुदन सुवेदीले जनाएका छन् ।

भलिबलमा पुरुषतर्फ मात्र खेल हुनेछ । पुरुष-महिलातर्फ एथलेटिक्समा समान ४–४ तथा टेबलटेनिस र ब्याडमिन्टनमा समान २-२ स्पर्धामा खेल हुनेछ ।

प्रतियोगितामा १० विश्वविद्यालयका २ सय ६० खेलाडी सहभागी हुने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जानकारी गराए। दुईदिने प्रतियोगिताका सम्पूर्ण खेल पोखरा रंगशाला हातामा खेलाइने छ ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा संयोजक सुवेदीको अध्यक्षतामा शुक्रबार राखेपमा बसेको बैठकमा छलफल भएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ