बिच भलिबलको फाइनलमा पुलिसकै दुई जोडी

नेपाल पुलिस क्लबका दुई जोडी सातौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

पुलिसको दुवै टोलीले शुक्रवार सेमिफाइनलमा एपिएफ क्लबको जोडीलाई हराएको हो ।

काभा महिला बिच भलिबलको स्वर्ण पदक विजेता जोडी कमला पुन र मनिषा चौधरीको एपिएफ क्लबका रस्मिता दुरा र जस्ना महतोको जोडीलाई २२-९, २१-५ ले हराउँदै उपाधि नजिक पुगेको हो। कमला र मनिषाकि साउनमा भुटानमा भएको काभा बिचमा च्याम्पियन बनेको थियो।

सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको‌ सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा शुक्रवार पुनम चन्द र कामना विष्टको जोडीले एपिएफका निरुता ठगुन्ना र नेविका चौधरीको जोडीलाई २२-२०,२१-१७ ले हराउँदै आफ्नै क्लबको जोडीसँगको भेट पक्का गरेको छ। तेस्रो स्थान र फाइनल शनिवार हुनेछ।

नेपाल भलिबल संघको वार्षिक कार्यक्रममा रहेको च्याम्पियनसिपलाई जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले आयोजना गरेको हो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ