मदन भण्डारी गोल्डकप भलिबल : एपीएफ र आयोजक विजयी

 बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीपमा शुक्रबार सशस्त्र प्रहरीको एपीएफ क्लब र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले जित हात पारेका छन् ।

बुटवलको रामनगर खेलमैदानमा जारी प्रतियोगिताको तेस्रो दिनको खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमीले रुकुमपश्चिम भलिबल प्रशिक्षण केन्द्रमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । एकेडेमीले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२३ अंकमा जितेको थियो ।

तेस्रो सेट प्रतिस्पर्धाप्त्मक रहे पनि बाँकी दुई सेटमा मदन भण्डारी स्पोर्टस् एकेडेमीले सहज जित निकालेको हो । उसले प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबसँग ३–१ को पराजय व्यहारेको थियो । रुकुमपश्चिमको यो दोस्रो हार हो । यसअघि उसले मणिमुकुन्द भलिवल क्लब रुपन्देहीसँगको खेल ३–० को सोझो सेटमै गुमाएको थियो ।

एकेडेमीले छनोट चरणको अन्तिम प्रतिस्पर्धामा आइतबार मणिमुकुन्दको सामना गर्नेछ । रुकुमपश्चिमले भने सोमबार पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ