काठमाडौं । एन्फामहिला फुटबललिगको अन्तिम चरणका खेलहरु बिहीबारबाट सुरु हुदैँछ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाले बिहीबार हुने पहिलो खेलमा त्रिभुवनआर्मी क्लब र बागमतीयुथक्लब बीच खेल हुनलागेको जानकारी गराएको हो । खेल एन्फाकम्प्लेक्समा दिँउसो ३ बजे सुरु हुनेछ ।

सोही क्रममा नेपाल एपिएफ क्लबको कोच जिवेश पाण्डेले खेलको तयारी राम्रो भएको भन्दै खेलको लागिए कदमतयार रहेको बताए ।
उनले भने, ‘हामी खेलको लागिए कदमतयार छौ । हामीले तयारी राम्रो नै गरिरहेकाछौ ।’
यस्तै, सोही टिमकाकप्तान अनिताबस्नेतले पहिला भएका गल्तीहरुलाई नदोहोराई टाइटलको लागि खेल्ने बताए

उनले भने, ‘तयारी सबै राम्रो नै छ । उपाधी जित्ने अपेक्षा छ ।’
यस्तो घरेलु लिगहरुले खेलाडीहरुलाई प्रोत्साहन गर्ने भन्दै यस्तो खेल आवश्यकभएको सोही टिमकीकप्तानपुनमजर्घा मगरले बताईन् ।
उनले भनिन्, ‘टिमको तयारी राम्रो नै भईरहेको छ र राम्रो खेल्ने आशा गरेका छौ । उपाधीपाउने नै प्रयास हो । घरेलु लिगहरु धेरै हुनुपर्छ जस्तो लाग्छमलाई । हाम्रो किप्परहरु राम्रो नै छ ।’अखिल नेपालफुटबल संघ(एन्फा)को आयोजनामाहुने अन्तिम चरणको लिगमा ५ टोलीलले प्रतिस्पर्धा गर्नेछन् । गतभदौमा भएको दोस्रो चरणको लिगमा सहभागी दशटोलीबाटशीर्ष ५ टोलीअन्तिम चरणकालागि छनोट भएकाथिए ।

माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमाविभागियटोलीहरु नेपालपुलिस, नेपालएपिएफक्लब र त्रिभुवनआर्मी क्लब, वालिङ नगरपालिका र बागमतीयुथक्लबले सहभागीता जनाउँदै छन् ।
अन्तिम चरणकालागि छनोट भएको कोशीप्रदेशले आर्थिक कारणले प्रतियोगिताबाट नामफिर्ता लिएको थियो । कोशीले नामफिर्ता लिएपछि पहिलो चरणको लिग छैठौं स्थानमा रहेको बागमतीयुथक्लबले अन्तिम चरण खेल्ने अवसर पाएको छ । अन्तिम चरणमा २४ खेलहरुहुनेछन् ।