आर्मीको एन्फा युथ लिगमा सहज जित

ललित स्मृति एन्फा यु-१८ युथ लिग फुटबल अन्तर्गत सोमबार सम्पन्न पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटो युथ क्लबलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्मीलाई जित दिलाउन भुवन कामीले २ तथा रविन घले र रोहित श्रेष्ठले १-१ गोल गरे । सातदोबाटोका लागि तेन्जिङ तामाङले गोल फर्काए ।

जितसँगै २० खेलमा १८ अंक जोडेको आर्मी १०औं स्थानमा छ । पराजित सातदोबाटो समान खेलबाट ११ अंकका साथ पुछारमा छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ