बार्सिलोना एट्लेटिकोसँग पराजित

स्पेनिस ला लिगामा बार्सिलोनालाई पराजित गर्दै एट्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

शनिवार राती भएको खेलमा बार्सिलोना २–१ गोलअन्तरले पराजित हुदै दोस्रो स्थानमा धकेलिएको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एट्लेटिकोलाई जित दिलाउन डि पाउल र एलेक्जेन्डर सोर्लोथले गोल गरे । घरेलु टोली बार्सिलोनाका लागि प्रेड्रीले सान्त्वना गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता भने बार्सिलोनाले लिएको थियो । बार्सिलोनाका लागि खेलको ३०औं मिनेटमा पेड्रीले गोल गरेका थिए । ६०औं मिनेटमा डि पाउलले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए । दोस्रो हाफको इन्ज्युरी समयमा सोर्लोथले गोल गर्दै एट्लेटिकोलाई जित दिलाएका थिए।

जितसँगै १८ खेलबाट ४१ अंकका साथ एट्लेटिको शीर्ष स्थानमा उक्लिएको छ । पराजित बार्सिलोना भने १९ खेलमा ३८ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । २ खेल कम खेलेको रियल मड्रिड ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ