लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् ।
बुधबार राति भएको खेलमा सहज जित निकाल्दै यी तीन टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
आर्सनलले गेब्रियल जिससको ह्याट्रिकमा क्रिस्टल प्यालेसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलले साउथह्याम्पटनलाई २-१ र युनाइटेडले ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेका हुन्
क्वार्टरफाइनलको अर्को खेलमा बिहीवार टोटनह्यामले म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।
