स्पेनिस क्लब रियल मड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ।
बुधबार कतारको लुसेल स्टेडियममा भएको खेलमा मेक्सिन टोली पाचुकालाई ३-० गोलले पराजित गर्दै उपाधि जितेको हो ।
रियाललाई जित दिलाउन केलियन एमबाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरे ।
यससँगै रियाल चार पटक फिफा इन्टरकन्टिनेन्टलको उपाधि जित्ने पहिलो टोली बनेको छ ।
रियलले यसअघि क्लब सन् १९६०, १९९८ र २००२ मा यो प्रतियोगिताको उपाधि जितेको थियो ।
