यु-२० महिला साफ च्याम्पियनसिपको मिति परिवर्तन

बंगलादेशमा आयोजना हुने छैठौं संस्करणको यु-२० महिला साफ च्याम्पियनसिपको मिति परिवर्तन भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को प्रतियोगिता सञ्चालन समितिको मंगलबार भर्चुअल रूपमा बसेको आकस्मिक बैठकले उक्त नर्णय गरेको हो ।

मिति परिवर्तन गर्ने निर्णय भएसँगै अब यु-२० महिला साफ च्याम्पियनसिप २०२५ जुलाई १ देखि ११ सम्म बंगलादेशमा आयोजना हुने भएको छ।

यसअघि यु-२० महिला साफ च्याम्पियनसिप आगामी फेब्रुअरी ११ देखि १९ सम्म हुने तय थियो । प्रतियोगिताको गत संस्करणमा भारत र बंगलादेश संयुक्त रूपमा विजेता बनेका थिए ।

त्यसैगरी आकस्मिक बैठकले साफ पुरुष यु-१९ च्याम्पियनसिप २०२५ मे ८ देखि १८ भारतमा गर्ने निर्णय समेत गरेको छ। यसअघि पुरुष यु-१९ च्याम्पियनसिप नोभेम्बर ५ देखि १५ सम्म भारतमा हुने तय थियो ।

त्यस्तै, साफ यू–१७ महिला च्याम्पियनसिप २०२५ र साफ यू–१७ पुरुष च्याम्पियनसिप २०२५ क्रमशः सेप्टेम्बर १४-२४ र अक्टोबर १७-२७ हुने तय भएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ