घरेलु टोली गण्डकी प्रदेश भलिबल संघ लगातार चौंथो हार व्यहोर्दै सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ को लिग चरणबाटै बाहिरीएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न दोश्रो तथा लिग चरणको अन्तिम खेलमा हेल्प नेपाल भारतको क्यालिकट हिरोजसँग ३-० को झोसो सेटमा पराजित भएको हो । गण्डकी क्रमशः २२-२५, १९-२५ र १५-२५ ले पराजित हुन पुग्यो ।
गण्डकी पहिलो खेलमा एचडीसी, दोश्रोमा हेल्प नेपाल र तेश्रो खेलमा इरान-१८ सँग पराजित भएको थियो । यता दोश्रो जितसँगै ४ खेलबाट ७ अंक जोडेको क्यालिकट तेश्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो खेलमा टिपटप हेल्प नेपालसँग पराजित हुँदा दोश्रो खेलमा एचडिसीलाई सोझो सेटमा हराएको क्यालिकट तेश्रो खेलमा इरानसँग सोझो सेटमा पराजित भएको थियो।
