हेल्प नेपालको पहिलो हार ,  लिगमा इरान यु १८ शीर्षस्थान

हेल्प नेपाल स्पोर्टस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पहिलो हार बेहोरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा हेल्प नेपाल बिहीबार इरानको यु–१८ टोलीसँग ३–१ को सेटमा पराजित भएको हो। एक खेलअगाबै सेमिफाइनलमा पुगिसकेको हेल्प नेपालले इरानविरुद्ध आफ्नो दोस्रो रोजाइका खेलाडीलाई कोर्ट उतारेको थियो।

पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले त्यसपछिका तीन सेट गुमायो। उसले १६–२५, १७–२५, ९–२५ ले सेट गुमाएको हो।

लगातार चौथो जितसँगै इरानले चार खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाएको छ। प्रवेश गरेको छ। हेल्प नेपाल पनि चार खेलमा आठ अंक जोड्दै दोस्रो स्थानमा रहेर अन्तिम चारमा पुगिसकेको छ। 

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ