वेष्ट इण्डिजले जित्यो १० वर्षपछि बंगलादेशविरुद्ध वान डे श्रृंखला

दोश्रो एकदिवसिय खेलमा बंगलादेशलाई पराजित गर्दै वेष्ट इण्डिजले श्रृंखलामाथि कब्जा जमाएको छ । तीन म्याचको श्रृंखलामा लगातार दुई खेल जितेर वेष्ट इण्डिजले श्रृंखलामाथि कब्जा जमाएको हो । साथै एकदिवसिय क्रिकेटमा बंगलादेशमाथि वेष्ट इण्डिजले १० वर्ष यस्तो सफलता हासिल गरेको हो ।

आज बुधबार बिहान सम्पन्न खेलमा टस हारेर पहिले व्याटिङ गरेको बंगलादेशले ४६ ओभरमा अल आउट हुदै २२७ रन बनाएको थियो । निकै खराब शुरुवात गरेको बंगलादेशले एक समय ११५ रनमा ७ विकेट गुमाएको थियो । त्यसपछि महमुदुल्लाह तंजीम हसन साकिबले ९२ रनको साझेदारी गर्दै बंगलादेशलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए ।

महमुदुल्लाहले ६२ र तंजीमले ४६ रन बनाएका थिए । बंगलादेशलाई सस्तैमा समेटन वेष्ट इण्डिजका बलर सिल्सले घातक बलिङ गरेका थिए । उनले सिल्सले १० ओभरमा २२ रन दिएर बंगलादेशको चार विकेट लिएका थिए ।

जितको लागि २२८ रनको विजय लक्ष्य पाएको वेष्ट इण्डिजले उक्त लक्ष्य ३६.५ ओभरमा तीन विकेट गुमाएर हासिल गरेको थियो । वेष्ट इण्डिजको तर्फबाट ओपनर ब्रेडन किङ्ग र एविन लुइसले पहिलो विकेटको लागि १२१ रनको शतकिय साझेदारी गरेका थिए । किङ्गले ८२ रन बनाउँदा लुईसले ४९ र किसी कार्टीले ४५ रन बनाएका यिथए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ