नेपालले हङकङ यु-१९ टोलीसँग एकदिवसीय शृंखला खेल्ने

नेपाल र हकङकङ यु-१९ टोलीबीच एकदिवसीय शृंखला हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले घरेलु मैदानमा हकङकङ यु-१९ टोलीसँग तीन खेलको एक्दिवसीय श्रृंखला खेल्ने भएको हो ।

शृंखला आगामी पुस १, ३ र ५ गते मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

यसै शृंखलाका लागि क्यानले आकाश त्रिपाठीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।


नेपाली टोलीः
आकाश त्रिपाठी (कप्तान), सोहेल कुँवर, सूर्यान्शु काइराला, सन्तोष यादव, निरजकुमार यादव, रोशन विश्वकर्मा, नरेन भट्ट, अर्फुदिन राइम, दयानन्द मण्डल, अपराजित पौडेल, राजेश बोहरा, दिल्सद अली, सौजनप्रसाद घिमिरे , सिब्रिन श्रेष्ठ, दीपक चिराल

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ