प्रतिनिधिसभासँग राष्ट्रियसभा १३ गोलले पराजित

संघीय संसद्को १८औँ स्थापना दिवसका अवसरमा आज आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । भृकुटीमण्डपस्थित फुटसल मैदानमा भएको खेलमा प्रतिनिधिसभाले राष्ट्रियसभालाई १३–० ले पराजित गरेको हो ।

प्रतियोगितामा सबैभन्दा धेरै प्रतिनिधिसभाका सदस्य मोहन आचार्यले पाँच गोल गरे । त्यसैगरी, तारा लामाले तीन, माधव सापकोटा र सुहाङ नेम्वाङले समान दुई र मनिष झाले एक गोल गरे ।

प्रतियोगिताको पहिलो हाफमा प्रतिनिधिसभाले ९–० गोलको अन्तर कायम गरेको थियो । दोस्रो हाफमा थप चार गोल गरेपछि प्रतिनिधिसभाको टोली १३ गोल अन्तरले विजयी भयो ।

प्रतिनिधिसभा टिमको नेतृत्व सभामुख देवराज घिमिरे र राष्ट्रियसभा टिमको नेतृत्व अध्यक्ष नारायणप्रसाद दाहालले गरेका थिए ।

प्रतिनिधिसभाको टिममा उपसभामुख इन्दिरा राना तथा सांसदहरू मोहन आचार्य, माधव सापकोटा, मनिष झा, निशा डाँगी, बिना लामा, तारा लामा तामाङ, सुहाङ नेम्वाङलगायत थिए ।

राष्ट्रियसभाको टिममा उपाध्यक्ष विमला घिमिरे, सांसदहरु घनश्याम रिजाल, विष्णुकुमारी सापकोटा, पदमबहादुर परियार, भगवती न्यौपाने, तुलसाकुमारी दाहाल, गोपीबहादुर सार्की अछामी, नरबहादुर विष्टलगायत सांसद थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ