एसियन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई ८ पदक

भियतनाममा भएको एसियन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ८ पदक जितेका छन् । जसमा ४ स्वर्ण, १ रजत र ३ कास्य पदक छन् ।

निशा दर्नाल र जितबहादुर बोटले दोहोरो स्वर्ण पदक जितेका छन् । उनीहरुको जोडीले ३० वर्ष मुनिको प्रतिस्पर्धामा स्वर्ण पदक जिते छ ।

त्यस्तै व्यक्तिगत महिला पुम्सेको ३० वर्ष मुनि निशा र पुरुष ३० वर्ष मुनि जितले स्वर्ण पदक जितेका छन् । टोलीकी प्रशिक्षक आयशा शाक्यका अनुसार रोजेन प्रजापतिले जुनियर पुस्सेमा स्वर्ण पदक प्राप्त गरेका छन् ।

प्रेमबहादुर लिम्बुले ३० वर्ष मुनि रजत पदक जितेका हुन् । अन्जना चौधरी र रमिला लामाले महिला ३० वर्ष मुनि तथा अस्मिन राउतले कास्य पदक जितेका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ