एनपिएलको उद्घाटन खेल विराटनगर र जनकपुरबीच हुने

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच खेल हुनेभएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले सोमवार जारी गरेको खेल तालिका अनुसार उद्घाटन मंसिर १५ को दिन विराटनगरले जनकपुरको सामना गर्ने भएको हो ।

पुस ६ गतेसम्म आयोजना हुने प्रतियोगिता सिङ्गल राउण्ड रोबिनका आधारमा हुनेछ । शीर्ष चार टोलीले प्लेअफ खेल्दै फाइनलसम्मको यात्रा तय गर्ने छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ