विराटनगर किंग्सको ‘गुडविल एम्बासडर’ मा दयाहाङ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली विराटनगर किङ्सले अभिनेता दयाहाङ राईलाई आफ्नो गुडविल एम्बासडरमा नियुक्त गरेको छ ।

विराटनगरले आइतवार एक कार्यक्रममा बीच राईलाई एम्बासडर नियुक्त गरेको हो । राईले मौकाका लागि विराटनगर किङ्सलाई धन्यवाद दिए।

‘यो एनपिएल न्युट्रल बसेर हेरौं भन्ने थियो। तर टोलीसँग जोडिन पाए। क्रिकेट हेर्न र बुझ्न थालेको छु। अझै बुझ्न बाँकी छ। तर क्रिकेटले सबैलाई जोडेको छ ,’ उनले भने, ‘यो हामी सबैलाई थाहा छ। भलिबल, फुटबल खेल्थे । तर क्रिकेट खेल्थिन । शक्ति गौचन, पारस खड्का, सुवास खकुरेललगायतको नाम रेडियोमा‌ सुन्थे । ‘ राईले जुनसुकै खेलले धर्यता सिकाउने बताए ।

नेपाल क्रिकेट संघ ( क्यान) का सचिव पारस खड्काले खेलकुद र क्रिकेटको‌ संस्कारका‌ लागि सबैको साथको अपेक्षा राखेको बताए ।

विराटनगरमा नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य सन्दीप लामिछाने मार्की खेलाडी रहेका छन् । आयरल्याण्डका पुर्व क्रिकेटर केबिन ओब्राइन विराटनगरको मुख्य प्रशिक्षकमा छन् ।क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म पहिलो संस्करणको एनपिएल हुदैछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ