नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई श्रृंखलामा क्लिन स्वीप गरेको छ । सोमबार बिहान सम्पन्न तेश्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकाल्दै नेपालले श्रृंखला क्लिन स्वीप गरेको हो ।
जितका लागि अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्न सफल भयो। नेपालका लागि ओपनर आसिफले ३८ बलमा ५ चौका र २ छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेल्दा अर्का ओपनर अनिल शाहले १३ रन, कुशल भुर्तेलले ३२ बलमा ४० र कुशल मल्लले ३० बलमा ४४ रन जोडेका हुन् ।
नेपालका लागि सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट लिएका थिए । नेपालले पहिलो खेल १७ रनले जित्यो भने दोश्रो खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गरेको थियो । अब नेपालले अमेरिका र स्कटल्यासँग आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय श्रृंखला खेल्ने छ ।
