विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब कर्णाली प्रदेशलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा एपिएफले आइतवार कर्णालीलाई ६-० ले पराजित गरेको छ । एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले २ तथा हिमा रावत, निशा थोकर र गीता रानाले समान १ – १ गोल गरे ।
चौथो मिनेटमा निशाले गोल गर्दै एपिएफलाई अग्रता दिलाईन भने ११औं मिनेटमा रश्मिको गोलमा एपिएफले अग्रता दोब्बर भयो र २५औं मिनेटमा रश्मिले व्यक्तिगत दोस्रो गोल थपिन । त्यस्तैगरी गीताले ५३औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दा ७७औं मिनेटमा हिमाले गोल गरिन् । अन्तिम मिनेटमा कर्णालीको बर्षा ओलीले आत्मघाती गोल गर्दै एपिएफको गोलअन्तर बढाइन् ।
एपिएफ ५ खेलमा १३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने दोस्रो स्थानको पुलिसको समान खेलबाट ११ अंक छ ।
