नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने ८ टोलीका मार्की खेलाडीको नाम सार्वजनिक गरेको छ ।
क्यानले शुक्रबार एनपीएलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित ८ खेलाडीको नाम मार्कीको रुपमा सार्वजनिक गरेको हो । जसमा रोहितसँगै दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ सेख, कुशल भुर्तेल र कुशल मल्ल रहेका छन् ।
