नर्वेजियन फरवार्ड एर्लिङ हाल्यान्डको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामविरुद्ध ३–१ को जित निकालेको छ ।
शनिबार वेस्ट ह्यामको मैदान लन्डन रंगशालामा भएको खेलमा सिटीलाई जित दिलाउन तीनै गोल हाल्यान्डले गरे । घरेलु टिमले सिटीकै रक्षक रुवेन डियाजबाट आत्मघाति गोल उपहार पाएको थियो ।
खेलको १०औँ मिनेटमा हाल्यान्डले पहिलो गोल गर्दै सिटीलाई अग्रतामा राखे । तर, १९औँ मिनेटमा डियाजको आत्मघाति गोलमा वेस्ट ह्याम खेलमा फर्कियो ।
३०औँ मिनेटमा हाल्यान्डले दोस्रो गोल गरेपछि सिटीले अग्रता दोब्बर बनाएको हो । यस्तै, खेलको निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा हाल्यान्डले ह्याट्रिक गरेपछि सिटीले ३–१ को जित पक्का गरेको हो ।
