एन्फा महिला लिगमा कोशी प्रदेशको विजयी सुरुवात

एन्फा महिला लिगमा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आइतवार भएको उद्घाटन खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई ४-० ले हराउँदै लिगमा सुखद सुरुवात गरेको हो।

सानुमाया तामाङको गोलबाट अग्रता लिएको कोशीका लागि समिक्षा मगरले २ र प्रतिक्षा राईले गोल गरिन्।
सानुमायाले १० औं मिनेटमा गोल गरेकी हुन् ।

थप‌ ३ गोल दोस्रो हाफ भएको थियो। समिक्षाले ५१ र ५९ औं मिनेटमा गोल गर्दा टोलीको अग्रता ३-० भएको थियो। प्रतिक्षाले ६८ औं मिनेटमा गोल गरेकी थिइन्।

अखिल नेपाल फुटबल संघ (एन्फा ) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ।

पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछन् । लिगमा सोमबार सुदूरपश्चिम प्रदेश र बागमती युवा क्लबबीच ३ बजे खेल सुरू हुनेछ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ