नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ गोलले पराजित गरेको हो । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि नतिजाको निर्धारण पेनाल्टी सुटआउटमार्फत गरिएको थियो ।

नेपालले समूह चरणमा श्रीलंकालाई १-० र बंगलादेशलाई २-१ ले पराजित गर्दै ६ अंक जोडेको थियो । समूह ‘बी’ मा भुटान दुई खेलबाट ३ अंक जोड्दै समूह उपविजेता बनेको थियो । नेपालले अब उपाधिका लागि दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्ने छ ।
सोमबार हुने दोश्रो सेमिफाइनल खेलमा समूह बी´को विजेता भारत र समूह ए को उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछन। भारत साविक विजेता तथा बंगलादेश उपविजेता समेत हुन्।