नेपालकी धाविका सन्तोषी श्रेष्ठले ७९ औं स्थानमा रहेर पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिलातर्फको म्याराथन टुङ्ग्याएकी छिन् । आईतबार भएको महिलातर्फको म्याराथनमा निर्धारित दुरी २ घन्टा ५५ मिनेट ०६ सेकेन्डममा पुरा गर्दै सन्तोषी ७९ औं स्थानमा रहेकी हुन् ।
सन्तोषीले पहिलो पटक ओलम्पिक म्याराथनमा सहभागिता जनाएकी हुन् । न्युनिभर्सियालिटी कोटाबाट पहिलो पटक ओलम्पिक पुगेकि सन्तोषीले मध्यम दुरीको दौड हुदै हाफ म्याराथनमा दौडन थालेकि हुन् ।
कुल ९२ जनाले प्रतिस्पर्धा गरेको पेरिस ओलम्पिक महिला म्याराथनको स्वर्ण पदक भने नेदरल्यान्ड्सकी सिफान हसनले जितेकी छिन् । उनले निर्धारित दूरी दुई घन्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गरिन्।
