चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक बालगोपाल महर्जनले एएफसी च्यालेन्ज लिगको प्ले अफका लागि टोली तयार रहेको बताएका छन् ।
एसियाली फुटबल महासंघ (एएफसी) को कार्यक्रम अन्तर्गत साउन २९ गते सहिद स्मारक ए डिभिजन लिग चर्च ब्वाइजले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भुटानको लिग च्याम्पियन पारो एफसीको सामना गर्नेछ । चर्च ब्वाइजले तयारीका क्रममा त्रिभुवन आर्मी फुटबल क्लबसँग २ र नेपाली यु २० को टोलीसँग ३ वटा मैत्रीपूर्ण खेल खेलिसकेको छ।
चर्च ब्वाइजले ३ विदेशी सहित २३ जना खेलाडी अनुबन्ध गरेको छ भने साउन १ गते देखि प्रशिक्षणमा व्यस्त रहेको टोलीको कप्तानी अनन्त तामाङ तथा उपकप्तानमा एरिक विष्ट छन् ।
