यु-१८ युथ लिगमा एनआरटीको विजयी शुरुवात

ललित स्मारक एन्फा यु-१८ युथ लिग २०२४ मा न्युरोड टिम (एनआरटी) ले विजयी शुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतबार सम्पन्न दिनको पहिलो तथा उद्घाटन खेलमा एनआरटीले चर्च बोइज युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो । एनआरटीको जितमा दुवै गोल विज्ञान खड्काले गर्दा बोइजका लागि अमनबहादुर तामाङले एक गोल गरे । लिगमा विभिन्न १२ क्लबको सहभागिता रहेको छ ।

लिगको च्याम्पियनले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही १५ हजार रुपैयाँ पाउनेछन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ