काभा यु-२० महिला भलिबल नेपाल र श्रीलंका भिड्ने

माल्दिभ्समा हुने काभा यु-२० महिला भलिबल च्याम्पियनसिप २०२४ को खेल तालिका सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले मंगलबार सार्वजनिक  गरेको छ ।

सार्वजनिक तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल १८ जुलाई (साउन ३) गते श्रीलंकासँग खेल्ने भएको छ । चार राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको दोश्रो खेल नेपालले १९ जुलाई (साउन ४) गते कीर्गिस्तानसँग खेल्ने छ । त्यस्तैगरी नेपालले तेश्रो खेल २० जुलाई (साउन ५) गते माल्दिभ्ससँग भएको छ। प्रतियोगिताका खेलहरु सिंगल राउण्ड रोविनका आधारमा खेलाइने छ ।

नेपाली टोलीमा :

सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री रहेका छन्।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा अर्जुन घिमिरे तथा व्यवस्थापकमा जुनु पुन मगर रहेका छन् भने नेपाली टोली जुलाई १६ (साउन १) गते खेलका लागि माल्दिभ्स जाने तयारीमा रहेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ