जिम्बाब्वेलाई हराउंदै भारत बिजयी

  हरारेमा भएको खेलमा भारतले घरेलु टोलीमाथि १०० रनको जित हात पारेको छ ।

पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट मात्र गुमाएर जिम्बाब्वेलाई २३४ रनको विशाल लक्ष्य दिएको थियो । भारतका लागि अभिषेक शर्माले ४७ बलमा ७ चौका र ८ छक्का सहित १०० रन पूरा गरे । त्यस्तैगरि रुतुराज गाइक्वाडले ४७ बलमा ११ चौका र १ छक्का सहित ७७ रन बनाएर अविजित रहे । रिंकु सिंह २२ बलमा ४८ रनमा अविजित रहे भने शुभमन गिल १ रनमा आउट भएका थिए ।

भारतले दिएको २३५ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे १८.२ ओभरमा १३४ रनमा समेटियो । जिम्बाब्वेका लागि वेस्ली मधुभेरेले ३९ बलमा सर्वाधिक ४३ रन जोडे भने लुक जोङवेले ३३ तथा ब्रायन बेनेटले २६ रन बनाए । त्यस्तैगरि बलेसिङ मुजराबानी र वेलिङटन मसाकाड्जाले समान १-१ विकेट लिएका थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ