एशिया कपका लागि नेपाली महिला टोलीको बिदाई

नेपाल क्रिकेट संघ (क्यान) ले श्रीलंकामा हुने एसीसी महिला एसिया कप खेल्न जाने टोलीलाई बिदाइ गरेको छ। 

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्कालगायतले शनिबार टोलीलाई बिदाइ गरेका हुन्।

एसिया कप १९ जुलाइबाट सुरु हुनेछ। नेपाली टोली आइतबार श्रीलंका जानेछ। नेपाल रहेको समूहमा युएई, पाकिस्तान र भारत छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ