ब्राजिल क्वाटरफाइनलमा

कोलम्बियासँग बराबरी खेल्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ।

अमेरिकामा जारी कोपामा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेल‌मा ब्राजिलले १-१ को बराबरी खेलेको हो। लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उप विजेता बनेको थियो। अपराजित रहेको ब्राजिलको समान खेलमा ५ अंक रह्यो।

क्वाटरफाइनलमा ब्राजिलले उरुग्वे तथा कोलम्बियाले पानामाको‌ सामना गर्नेछ भने अन्य क्वाटरफाइनलमा अर्जेन्टिना र इक्वेडर तथा क्यानडा र भेनेजुएलाबीच प्रतिस्पर्धा हुनेछ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ