रोयल नेपाल गल्फ क्लबमा RNGC र SAFGR मैत्रीपूर्ण गल्फ प्रतियोगिता सम्पन्न भएको छ।
स्टेबलफोर्ड ३।४ ढाँचा आयोजित प्रतियोगितामा विभिन्न विधाका गल्फ खेलाडीहरुको उल्लेख्य सहभागिता र प्रतिस्पर्धात्मक भावना देखिएको थियो ।पुरुषतर्फ ब्रिगेडियर जनरल नकुल रायमाझीले उत्कृष्ट ४२ अंक जोड्दै उपाधि प्राप्त गरे । त्यसैगरी उनलाई नजिकबाट पछ्याउँदै श्री कवि थापा ४० अंकका साथ उपविजेता बनेका छन् । ग्रस विधामा भने हरिबहादुर थापा ३४ अंकसहित शीर्ष स्थानमा रहे ।
लेडिज विधामा बंगलादेशकी सुश्री नहर फ्रेडौसी बी कोर्समा उत्कृष्ट प्रदर्शन गर्दै ४० अंकका साथ विजयी भइन्। सिनियर बिजेता भारतका श्री हरबिन्दर सिंह चड्डाले ३४ अंक जोडेका थिए भने बिदुर भनेर चिनिने अश्विनी राई ३३ अंकका साथ उपविजेता भए ।
सुपर सिनियर विधामा आरएनजीसीका अध्यक्ष मधुकर याक्थुम्बा ३४ अंकका साथ विजयी भए । अतिथि विजेता श्री हरविन्दर सिंह चड्डा ३४ अंकका साथ र काउन्टब्याक (सीबी) मा २९ अंकका साथ अतिथि उपविजेता प्रित पाल माथुरु भए।
प्रतियोगितामा विशेष पुरस्कार समेत प्रदान गरिएको थियो । सुश्री तारा चित्रकारले प्रभावशाली चार बर्डीसहित मोस्ट बर्डीज अवार्ड प्राप्त गरिन्। लेफ्टिनेन्ट कर्णेल निश्चयजंग रायमाझीले होल नम्बर ११ मा लङ्गेस्ट ड्राइभको ट्रफी जिते भने श्री भुवन कार्कीले होल नम्बर १२ मा क्लोजेस्ट टु द पिन अवार्ड जितेका थिए। यसैबीच कार्यक्रम समापनका अवसरमा विजयी खेलाडीहरुलाई पुरस्कृत गरियो।


