सुपर एट चरणको अन्तिम खेलमा सोमबार वेस्ट इन्डिजलाई ३ विकेट हराउंदै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको छ ।
दक्षिण अफ्रिकाले लक्ष्य पछ्याउने क्रममा इनिङको सुरुवातमै वर्षाले खेल प्रभावित भएपछि २० ओभरमा १ सय ३६ रनको लक्ष्य संशोधित भई १७ ओभरमा १ सय २३ रन भएको थियो । डकवर्थ लुइसका आधारमा १७ ओभरमा १ सय २३ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ बल बाँकी छँदै पूरा गरेको हो ।
अन्तिम दुई ओभरमा १३ रन चाहिएकोमा चेजको १६औं ओभरमा केशव महाराजको विकेट सहित ८ रन आएको थियो । १९ औं ओभरको अन्तिम बलमा कागिसो रबाडाले चौका प्रहार गरेपछि दक्षिण अफ्रिकाका लागि केही सहज अवस्था सिर्जना भएको थियो । दक्षिण अफ्रिकाका ट्रिस्टन स्टब्सले २७ बलमा २९ रन बनाएका थिए भने हेनरिक क्लासेनले १० बलमा २२ रन बनाउँदा मार्क्रमले १८ रन जोडेका थिए ।
