सुपर एट चरण अन्तर्गत बंगलादेश माथि ५० रनको फराकिलो जित दर्ता गर्दै भारत आइसिसी टि-२० विश्वकपको सेमिफाइनलको नजिकै पुगेको छ ।
एन्टीगुवामा भएको खेलमा भारतले दिएको १९७ रनको विशाल।लक्ष्य पछ्याएको बंगलादेशले ८ विकेटको क्षतिमा १४६ रन मात्र बनाउन सक्यो । बंगलादेशका कप्तान नाज्मुल हसन शान्टोले ३२ बलमा १ चौका र ३ छक्का सहित सर्वाधिक ४० रन बनाए । तान्जिद हसनले २९ तथा तल्लोक्रमका ऋषाद होसेनले २४ रन जोडे । अन्य ब्याटर भने चल्न सकेनन् । भारतका लागि कुलदीप यादवले ३ तथा अर्शदिप सिंह र जसपृत बुम्राहले समान २-२ विकेट लिए । १ विकेट हार्दिक पन्ड्याको नाममा रह्यो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९६ रन बनायो । भारतका लागि पन्ड्याले २७ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ५० रन बनाए । विराट कोहलीले ३७, ऋषभ पन्तले ३६, शिभम दुबेले ३४ र कप्तान रोहित शर्माले २३ रन जोडे ।
