काठमाडौं मंसिर १ गते ।
रेडियन्ट पब्लिक बोर्डिङ स्कुल, स्युचाटारको आयोजनामा १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ३ विधामा ४४ टिमको सहभागिता रहने रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २४, सिनियर गल्र्समा १२ र जुनियर ब्वाइज (यु–१२) मा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् । जुनियर विधा पहिलोपटक समावेश गरिएको हो ।
प्रिन्सिपल केसीले ग्रासरुट तहदेखिनै बास्केटबलको विकासमा सहयोग पु¥याउने उद्देश्यले पहिलोपटक जुनियर बास्केटबलको थालनी गरिएको बताए । सिनियर ब्वाइजमा रेडियन्ट तथा सिनियर गल्र्समा स्वर्णिम डिफेन्डिङ च्याम्पियन हुन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख ५० हजार रुपैयाँ खर्च हुने रेडियन्टकी भाइस प्रिन्सिपल शुभद्रा कुँवरले जानकारी दिइन् । मंसिर ११ गतेसम्म लिग कम नकआउट आधारमा खेलाइने प्रतियोगिताका खेलहरु स्युचाटारस्थित आयोजककै कोर्टमा हुनेछ ।