चेक रिपब्लिक माथि पोर्चुगलको जित

युरोकप २०२४ अन्तर्गत मंगलवार राती पोर्चुगल र चेक रिपब्लिकबिच भएको खेलमा सन २०१६ को युरो च्याम्पियन पोर्चुगलले चेक रिपब्लिकलाई २–१ को अन्तरले पराजित गर्दै जित हासिल गरेको छ।

लाइपजिग स्थित रेडबुल एरेनामा भएको खेलको पहिलो हापमा दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा टुङ्गिएको थियो तर दोश्रो हापको ६२ औं मिनेटमा लुकास प्रोभोडले गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए । त्यस्तैगरि चेक रिपब्लिकले गोल गरेको ७ मिनेट पछि चेकका खेलाडी रोविनले आत्मघाती गोल गरेपछि पोर्चगलले खेल बराबरी गरेको थियो । रोविनले पोर्चुगलका नुनो मेन्डेजको हेडर बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गर्न पुगेका थिए ।

दोश्रो हापको इन्जुरी टाइममा फ्रान्सिस्को कोन्सेइकाओलेले निर्णायक गोल गर्दै पोर्चुगललाई जित दिलाएका थिए । यो जितसँगै लगातार युरोको छैठौं संस्करण खेलिरहेका कप्तान क्रिस्टियानो रोनाल्डोको टोली युरो २०२४ विजयी शुरुवात गर्न सफल भएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ