सगरमाथा आरोही शेर्पालाई सम्मान

एभरेस्ट जुडो क्लबका अध्यक्ष दावा जांबू शेर्पाले सगरमाथाको सफल आरोहन गरे लगत्तै उहाँलाई स्वागत गरिएको छ।

राष्ट्रिय खेलकुद परिषदमा बुधबार आयोजित एक कार्यक्रमकावीच राखेप सदस्यसचिव टन्कलाल घिसिङ्ग, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य लगायतले उहाँलाई स्वागत गर्नु भएको हो।

पहिलो पटक सगरमाथा आरोहन गर्नु भएका दावाले खेलकुद परिषद , जुडो संघ र एभरेस्ट जुडो क्लबका झण्डाहरु फहराउनु भएको थियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ