युरोको दोहोरो जित

युरो स्कुल, हात्तीगौडाले प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो जित हात पारेको छ । युरोले सिनियर ब्वाइज÷गल्र्स दुवैमा सफलता पायो ।
बूढानीलकण्ठस्थित आयोजक इम्पेरियल वल्र्ड स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा युरोले टीआईएलाई ४१–३७ ले पराजित ग¥यो । युरोका रुबेन घिमिरेले १८ अंक जोडे ।
सिनियर गल्र्समा युरोले काठमाडौं युरो आईबी वल्र्ड स्कुललाई २४–५ ले सहजै हरायो । युरोकी आनिया श्रेष्ठले ८ स्कोर गरिन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ