इम्पेरियल वल्र्डको विजयी सुरुआत

काठमाडौं भदौ १५ गते ।
आयोजक इम्पेरियल वल्र्ड स्कुलले आईडब्लुएस बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको  छ । उत्कृष्ट सुरुआत गरेको इम्पेरियलले सिनियर गल्र्स÷ब्वाइज र जुनियर ब्वाइजमा जित हात पा¥यो ।
बूढानीलकण्ठस्थित घरेलु कोर्टमा भएको सिनियर गल्र्सको खेलमा इम्पेरियलले युरो, बानियाँटारलाई २०–३ ले पराजित ग¥यो । विजेताकी छेरयाल तामाङले ९ अंक जोडिन् । सिनियर ब्वाइजमा इम्पेरियलले युरो, बानियाँटारलाई १८–१३ ले हरायो । इम्पेरियलका टमीले ८ स्कोर गरे ।
जुनियर ब्वाइजमा इम्पेरियलले न्यु मिलिनियमलाई १७–२ ले पाखा लगायो । इम्पेरियलका लागि प्रज्ञान तामाङले ८ स्कोर  गरे ।
सिनियर ब्वाइजको अन्य खेलमा टीआईए र संस्कृति इन्टरनेसनल स्कुल विजयी भए । टीआईएले न्यु मिलिनियमलाई ३२–२२ ले पाखा लगायो । टीआईएका दिवस जोशीले १२ अंक जोडे । संस्कृतिले युरो, हात्तीगौडालाई ४६–३३ ले पन्छायो । संस्कृतिका अभिग्न श्रेष्ठले २५ स्कोर गरे ।
जुनियर ब्वाइजको अर्को खेलमा डाफोडिलले सफलता पायो । डाफोडिलले टीआईएमाथि १६–८ को जित रच्यो । टीआईएका लिजेश लामाले ६ अंक बटुले ।
प्रतियोगिताको पूर्व बास्केटबल खेलाडी कर्मा गुरुङले उद्घाटन गरे । प्रतियोगितामा सिनियर ब्वाइज÷गल्र्स र जुनियर ब्वाइजमा समान ८–८ टिमको सहभागिता रहेको स्टुडेन्ट्स इन्रिचमेन्ट को–ओर्डिनेटर रविन सुवेदीले जनाएका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ