
काठमाडौं भदौ ६ गते ।
झापाको काँकरभिट्टामा जारी १२औँ इन्डो–नेपाल कराते प्रतियोगिता प्रेसिडेन्ट कप–२०८३ मा रौतहटकी प्रतिभावान कराते खेलाडी बिनिशा गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी छन्।

काठमाडौं भदौ ६ गते ।
भदौ ६ र ७ गते सञ्चालन भइरहेको प्रतियोगितामा बिनिशाले चन्द्रपुर कराते डोजोको प्रतिनिधित्व गर्दै महिला ४५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन्। प्रतियोगितामा उनले प्रभावशाली प्रदर्शन गर्दै आफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्दै स्वर्ण पदक आफ्नो नाममा लेखाउन सफल भएकी हुन्।
बिनिशाको यो सफलता उनको व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई चन्द्रपुर कराते डोजो, विद्यालय, परिवार तथा समग्र चन्द्रपुरवासीका लागि गौरवको विषय बनेको छ। कम उमेरमै कराते खेलमा देखाएको निरन्तर मेहनत, अनुशासन र उत्कृष्ट प्रदर्शनले बिनिशाले भविष्यमा नेपाली करातेमा थप सफलता हासिल गर्ने सम्भावना देखाएकी छन्।
प्रतियोगितामा स्वर्ण पदक जितेसँगै बिनिशालाई चन्द्रपुर क्षेत्रका खेलप्रेमी तथा कराते सम्बद्ध व्यक्तिहरूले बधाई तथा शुभकामना दिएका छन्। उनको सफलताले स्थानीय स्तरमा कराते खेलप्रति नयाँ पुस्ताको आकर्षण बढाउनसमेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
चन्द्रपुर कराते डोजोको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित अघि बढिरहेकी बिनिशाको यो उपलब्धिले चन्द्रपुरको खेल क्षेत्रमा थप उत्साह थपिएको छ। आगामी दिनमा पनि उनले निरन्तर मेहनत गर्दै नेपाली करातेलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
