पेनाल्टी सुटआउटमा होर्याक एफसीलाई हराउँदै मेन्टेन एफसी च्याम्पियन


काठमाडौं, साउन १७ गते।
पेसएक्स स्पोर्ट्सको आयोजनामा बुढानीलकण्ठमा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’मा मेन्टेन एफसी च्याम्पियन बनेको छ। साउन १५ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको थियो।
बुढानीलकण्ठस्थित कुपन स्पोर्ट्स सेन्टरमा आयोजित पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। युवा खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ३२ टोलीबीच प्रतिस्पर्धा भएको थियो।

प्रतियोगिताको फाइनल खेल निकै रोमाञ्चक बन्यो। निर्धारित समयमा मेन्टेन एफसी र होर्याक एफसीले ३–३ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा मेन्टेन एफसीले ४–३ को जित निकाल्दै उपाधिमाथि कब्जा जमायो।

यसअघि सेमिफाइनलमा मेन्टेन एफसीले रोयल नेपाललाई निर्धारित समयमा १–१ को बराबरीपछि पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। अर्को सेमिफाइनलमा होर्याक एफसीले ठमेल–११ लाई ३–० ले हराउँदै उपाधि भिडन्त तय गरेको थियो।

उपाधिसँगै मेन्टेन एफसीले नगद रु १ लाख ११ हजार १११, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता होर्याक एफसीले रु ५१ हजार १११, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो भने तेस्रो स्थान हासिल गर्ने टोलीले रु २१ हजार १११, ट्रफी र प्रमाणपत्र हात पार्यो। प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी तथा सर्वोत्कृष्ट टोलीलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

संगीता कर्ण, संस्थापक तथा अध्यक्ष, पेसएक्स पेसएक्सले खेलमार्फत युवालाई सकारात्मक मार्गमा अघि बढाउने उद्देश्य राखेको छ। प्रतियोगितामा खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको छ। आगामी दिनमा अझ ठूलो र व्यवस्थित प्रतियोगिता आयोजना गर्ने हाम्रो योजना रहेको बताए।
डा . ऋषभ दास, कार्यकारी निर्देशक, पेसएक्स फुटसलप्रति युवाको आकर्षण बढ्दै गएको बत्ताए । यस्ता प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान र खेल संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए।


प्रतियोगिताको समापन समारोहमा पेसएक्सका संस्थापक तथा अध्यक्ष संगीता कर्ण, कार्यकारी निर्देशक डा. ऋषभ दास, निर्देशक कुन्दन कर्ण, प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्ट, एन्फाका उपाध्यक्ष विराज जंग शाही, डर्मा कन्सेप्ट प्रालिका प्रबन्ध निर्देशक दिपेश शाह, केडीसीएका सचिव तथा पूर्व क्रिकेटर किरण एसजेबी राणा, एसकेएमएफका सदस्य सचिव अतुल कोइराला, वरिष्ठ पत्रकार तथा समाजसेवी केदार कोइराला, प्याब्सन काठमाडौंका उपाध्यक्ष सूर्य भण्डारी, गोर्खा नेटवर्कका खेलकुद प्रमुख सञ्जय श्रेष्ठ, राष्ट्रिय सभा सदस्य रञ्जित कर्ण, मधेश फोरमका अध्यक्ष दत्ता, तथा बुढानीलकण्ठ नगरपालिका–१० की वडा सदस्य दिल कुमारी बिक। लगायतले विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए।
पेसएक्स स्पोर्ट्सले प्रतियोगितालाई केवल प्रतिस्पर्धामा सीमित नराखी युवा खेलाडीलाई प्रोत्साहन गर्ने साझा मञ्चका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ। प्रतियोगिताको सफल आयोजनासँगै आगामी संस्करण अझ भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने आयोजकको प्रतिबद्धता रहेको बताए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ