
काठमाडौं साउन १५ गते ।
शेखर थापाले ११ औं एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । दुई स्पर्धामा खेल्ने उनले पुरुष ६५–७० केजी तौलसमूह र चौथो डान प्याटर्नमा नेपालको चुनौती पेश गर्ने छन् ।
मंगोलियाको उलानबाटारमा अगष्ट ३ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन शेखरसहित ३ सदस्यीय टोली आइतबार प्रस्थान गर्ने छ ।
अफिसियलका रुपमा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का अध्यक्ष प्रवीणकुमार कार्की र महासचिव घमबहादुर थापा सहभागी हुने छन् । दुवैले प्रतियोगिता दौरान हुने कोंग्रेस र अम्पायर कोर्षमा पनि सहभागिता जनाउने छन् ।
महासचिव थापा भने स्वास्थ्यका कारण बिदाइमा उपस्थित थिएनन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।