नेपाल खेलकुद पत्रकार मञ्चको आन्तरिक फुटसल प्रतियोगितामा रिपोर्टर्स राइनोज च्याम्पियन

काठमाडौं, साउन १५ गते। नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा नियमित रूपमा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको एकदिने आन्तरिक फुटसल प्रतियोगिताको उपाधि रिपोर्टर्स राइनोजले जितेको छ।

काठमाडौंको तारकेश्वरस्थित फुटसल मैदानमा सम्पन्न फाइनल खेलमा रिपोर्टर्स राइनोजले बाइलाइन ब्यान्डिट्सलाई ६–३ गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखायो।

चार टोलीको सहभागिता रहेको प्रतियोगितामा रिपोर्टर्स राइनोज, बाइलाइन ब्यान्डिट्स, हेडलाइन हरिकेन्सफिचर्स फ्यान्टमबीच प्रतिस्पर्धा भएको थियो। दिनभर चलेको रोमाञ्चक प्रतिस्पर्धापछि रिपोर्टर्स राइनोजले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भयो भने बाइलाइन ब्यान्डिट्स उपविजेतामा सीमित रह्यो।

प्रतियोगितामा रिपोर्टर्स राइनोजका अभिनव जोशी सर्वाधिक गोलकर्ता घोषित भए। उत्कृष्ट खेल प्रदर्शन गरेबापत नायक पौडेल प्रतियोगिताको उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर) घोषित भए भने जेनिश बाडे उत्कृष्ट गोलरक्षक (बेस्ट किपर) चुनिए।

त्यसैगरी हेडलाइन हरिकेन्सका शिशिर बस्नेत प्रतियोगिताको उदयीमान खेलाडी (इमर्जिङ प्लेयर) घोषित भए।

प्रतियोगितामा विशेष योगदान तथा उत्कृष्ट प्रदर्शनका आधारमा अमन अधिकारी, प्रजित शाक्य, प्रज्ज्वल शाक्य, वासुदेव आवालेप्रमोद जोशीलाई विशेष खेलाडी पुरस्कार प्रदान गरिएको थियो।

नेपाल खेलकुद पत्रकार मञ्चले पत्रकारहरूबीच आपसी सम्बन्ध, सहकार्य, स्वास्थ्य प्रवर्द्धन तथा खेल संस्कृतिको विकास गर्ने उद्देश्यले हरेक वर्ष यस प्रकारको आन्तरिक फुटसल प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ। प्रतियोगितापछि विजेता, उपविजेता तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ