काभा पुरुष भलिबलमा नेपालको दोस्रो हार

काठमाडौँ, असार ७ गते ।

पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

बिहीबार भएको दोस्रो आफ्नो खेलमा नेपाल श्रीलङ्कासँग ३–२ को सेटमा पराजित भएको हो । श्रीलङ्काले नेपालमाथि २५–१८, २१–२५, १९–२५, २५–२१, १५–२० को नतिजा निकालेको हो ।

यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल कजाकस्तानसँग ३–२ ले पराजित भएको थियो । जुलाई २९ तारिखसम्म हुने च्याम्पियनसिपमा पाकिस्तानसहित नेपाल, कजाकस्तान, उज्वेकिस्तान, बङ्गलादेश र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् ।

राउन्ड रोविन लिगका आधारमा हुने च्याम्पियनसिपमा शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ