कराते बेल्ट टेष्ट कार्यक्रम सम्पन्न

काठमाडौँ, असार १६ गते ।

नेपाल सितोरियो कराते संघ, शाखा डोजो चिसन्खुगढि ओखलढुङ्गा मातहतमा रहेको सरस्वती मा.बि र जाल्पा मा.बि कालीमाटीको आयोजनामा खेलाडी विद्यार्थीहरूको कराते बेल्ट टेष्ट कार्यक्रम सम्पन्न भएको छ। 

चिसन्खुगढि गाउँपालिका अध्यक्ष निशान्त शर्माको प्रमुख आतिथ्ययतामा नेपाल सितोरियो करातेका प्रमुख दिपक श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू र अभिभावकहरूको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रशिक्षक इन्द्र कार्की राजनले कराते खेलमा सहयोग गर्ने सबै जनालाई धन्यवाद दिए । उनले भने,’यो खेल यहासम्म ल्याउन पहिलो खेल सामग्री उपलब्ध गराउने संस्था ग्लोबल नेपाली सितोरियो कराते सङ्गठन, त्यसैगरी खेलाडी विद्यार्थी भाइ बैनीहरूलाई पोसाकको लागि सहयोगी मनहरू गोबिन्द खतिवडा , मोहन कार्की, माना कार्की ,चन्द्र भुजेल,रामचन्द्र कार्कीलाई धन्यवाद ।’ 

शम्भु कार्की, राजिब कार्की बाट खेलाडी पोसाक सहयोगबाट पालिकामा कराते खेल सुरु भएको कराते प्रतियोगिता प्रदेश हुँदै राष्ट्रसम्म पुग्नेमा आशा रहेको कार्कीले बताए ।

निकट भविष्यमा राष्ट्रको नाम राख्न सक्ने खेलाडी उत्पादन गर्ने विश्वास पालिकाले राखेको छ भने सोही उद्देश्यका साथ कराते खेललाई अगाडि बढाइएको पनि पालिकाले बताएको छ। 

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ