काठमाडौं असार १५ गते ।
ब्याडमिन्टन खेलको विकास, विस्तार र प्रवर्धनमा जीवनभर योगदान पुर्याएको भन्दै मोहनबहादुर शाहीलाई काठमाडौँ महानगरले सम्मान गरेको छ।
नेपाल ब्याडमिन्टन सङ्घ काठमाडौँसँगको सहकार्यमा काठमाडौँ महानगरले आयोजना गरेको महानगर कप वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८३ को समापन कार्यक्रममा महानगरको कार्यवाहक प्रमुख सुनिता डंगोलले शाहीलाई लाइफ टाइम अचिभमेन्ट प्रदान गरेकी हुन् ।
नेपाली ब्याडमिन्टन खेलको प्रारम्भिक विकास, प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणमा पुर्याएको अतुलनीय योगदान, उत्कृष्ट खेल जीवन तथा प्रेरणादायी नेतृत्वको उच्च कदर गर्दै लाइफ टाइम अचिभमेन्ट प्रदान गरेको महानगरले जनाएको छ। नेपाली ब्याडमिन्टनप्रतिको शाहीको समर्पण र योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत रहने पनि उल्लेख गरिएको छ।
