काठमाडौं असार ५ गते ।
हिमालय इन्टरनेसनल स्पोटर््स एकेडेमी नेपालको आयोजनामा तेश्रो एसकेबीसी काठमाडौं जिल्ला आमन्त्रित तेक्वान्दो च्याम्पियनसिप शनिबारदेखि हुने भएको छ ।
बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको पूर्ण सहयोगमा हुने प्रतियोगितामा ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक रन्जित डंगौराले जनाएका छन् ।
पुरुष/महिलामा समान १६–१६ गरी ३२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरु टोखा–५, बसुन्धरास्थित श्री समाज भवन परिसरमा खेलाइने छ ।
