काठमाडौँ, असार ३ गते ।
सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा भुवन नगरकोटीले अग्रता कायमै राखेका छन्।
भुवनले दोस्रो दिन ४-अन्डर ६८ कार्ड बनाएर ३६-होल कुल १३-अन्डर १३१ बनाए। उनी शीर्ष एमेच्योर सद्भाव आचार्यभन्दा दुई स्ट्रोक अगाडि छन्, जसले ६-अन्डर ६६ कार्ड बनाएर ११-अन्डर १३३ बनाए। सुवास तामाङ र शुक्र बहादुर राई ८-अन्डर १३६ मा तेस्रो स्थानमा छन्। सुवासले दोस्रो दिन ५-अन्डर ६७ र शुक्रले ४-अन्डर ६८ कार्ड बनाए।
डिफेन्डिङ च्याम्पियन राहुल विश्वकर्माले ४-अन्डर ६८ कार्ड गरेपछि ६-अन्डर १३८ मा पाँचौं स्थानमा उक्लिए। तेन्जिङ त्सेरिङ इभन-पार ७२ पछि ५-अन्डर १३९ मा दोस्रो स्थानमा छन् भने वाङ्चेन धोन्डुपले ७२ कार्ड गरेपछि ३-अन्डर १३१ मा सातौं स्थानमा छन्।
प्रोस संजय लामा र तोरण विक्रम शाही २-अन्डर १४२ मा संयुक्त रूपमा आठौं स्थानमा छन्। संजयले ४-अन्डर ६८ कार्ड दिएर लिडरबोर्डमा माथि उक्लिए, जबकि तोरणले २-ओभर ७४ खेले। दिनेश प्रजापतिले २-ओभर ७४ प्रहार गरेपछि १-अन्डर १४३ मा १० औं स्थानमा छन्।
सिजनको सर्वाधिक १८ लाख नगद पुरस्कार राशी रहेको प्रतियोगितामा ४६ प्रोफेसनल र २२ एमेच्योर गरी ६८ खेलाडीले सहभागिताका जनाएका छन् ।
विजेताले उपाधिसँगै नगद ३ लाख २० हजार प्राप्त गर्नेछन् । दोस्रो, तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमश २ लाख ६ हजार, १ लाख ६२ हजार र १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
