काठमाडौँ, असार २ गते ।
नेपाल बुद्धिचाल महासंघको तत्त्वावधानमा सञ्चालन भइरहेको २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय चेस प्रतियोगिताको तेस्रो दिन पाच चरणसम्मका खेलमा एफएम रुपेश जैसवाल र कृतिसरा अधिकारीले ४.५ अंकका साथ अग्रता लिएका छन्।
४६ औं चेस ओलम्पियाड छनोट स्पर्धामा एफएम रुपेश जैसवालको उपाधि जोगाउने राम्रो तयारी देखियो। रुपेशले चौथो चरणमा कमल श्रेष्ठलाई अनुभवीय चाल चल्दै माथ गरेका थिए। पाँचौ खेलमा कडा प्रतिद्वन्द्वी रिसोन थापासँग बराबरी खेले ।
वतर्मान नेपाल च्याम्पियन रुपेशले अपराजित १ अंकको स्पष्ट अग्रता कायम गरेका छन्। रुपेश छैटौं खेल आशिष् फुयाल संग कालो गोटीवाट प्रतिस्पर्धामा छन्। पुरुष तर्फको खेलमा समान ३.५ अंक जोडेर रिसोन थापा, सिएम सुश्रुत दहाल तथा सिएम पुरुषोत्तम सिलवालले कडा चुनौती पेश गरेका छन्।
पूर्व च्याम्पियन राजन सुवेदी र आशिष फुयालले समान ३ अंक बनाएका छन्। मुहान नरसिंह श्रेष्ठको २.५ अंक छ। पुरुषोत्तम चौलागाईं २ अंक, ज्वाला ईम्बुङ र एआईएम अभीक शाह १.५ अंक, धिरेन राई १ र कमलको ०.५ अंक रहेको छ।
यता महिला तर्फको राष्ट्रिय च्याम्पियन होडमा निहाना श्रेष्ठले ४ अंक जोडेर अपराजित यात्रा कायम राखे। कृतिसरा सँग पराजित भएकी प्रिया क्षेत्री ३.५ अंकमा सिमित हुन पुगेका छन्। पूजा भण्डारी जीत निकालि समान ३.५ अंक बनाउन सफल भईन्।
यस्तै बिनिता कपालीले नुमा सुब्बालाई हराउदै ३ अंक जोडे भने एञ्जल महर्जन र सिन्दिरा जोशी २.५ अंक जोड्न सफल भए। ईशा गिरि र शुशीला गुरुङको २ अंक, पुनम प्रसाईं १ अंक रह्यो भने नुमा सुब्बाको अंक बन्न सकेको छैन।
प्रदेश खेलकुद विकास वोर्ड, कोशी प्रदेश, विराटनगर तथा झापा जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सञ्चालन भइरहेको छ। राष्ट्रिय खेलकुद परिषदले गठन गरेको प्रतियोगिता सञ्चालन समितिका सदस्य राजु ताम्राकारले प्रतियोगिता राउण्ड रोविनको आधारमा ११ चरणको खेल जम्मा ६ दिन सञ्चालन हुनेछ ।
