एसियन गेम्स पौडी खेलाडी छनोटमा धाँधली भएको आरोप

काठमाडौँ, असार २ गते ।

पौडीका राष्ट्रिय खेलाडीहरूले २० औं एसियाली खेलकूद (एसियन गेम्स) का लागि पौडी खेलाडी छनोट प्रक्रियामा धाँधली भएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै पौडीबाज इर्भिन श्रेष्ठ, मेधावी केसीसहितका खेलाडीहरूले एसियन गेम्स छनोट प्रक्रियामा धाँधली भएको बताएका छन्। खेलाडीहरूले नेपाल पौडी संघले पूर्व सूचना र स्थापित नियमविपरीत रातारात छनोटको मापदण्ड बदलेर खेलाडीहरूको मनोबल गिराउने काम गरेको आरोप लगाएका छन् ।

अन्तर्राष्ट्रिय खेलको छनोटमा यस्तो लापरवाही हुनु र खेलको पूर्वतालिका पटक-पटक हेरफेर गरिनुले संघको गैरजिम्मेवारीपन प्रष्ट पार्ने खेलाडीहरूले बताए ।

आफ्नो भविष्य र खेल भावनामाथि खेलबाड भएको भन्दै खेलाडीहरू प्रमाणसहित न्यायका लागि सर्वोच्च अदालत पुगेका छन् । सर्वोच्च अदालतले यस विषयलाई गम्भीरतापूर्वक लिँदै भोलि असार ३ गते बुधबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । अदालतले नेपाल पौडी संघ, राष्ट्रिय खेलकूद परिषद् र नेपाल ओलम्पिक कमिटीलाई यस विषयमा लिखित जवाफ पेश गर्न समेत आदेश दिइसकेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ