काठमाडौं जेठ ३१ गते ।
ओलम्पिएन बक्सर राम बहादुर गुरुङको ८२ वर्षको उमेरमा निधन भएको छ। काम विशेषले चितवन पुगेका गुरुङलाई करिब १ साता अघि हृदयाघात भएको थियो।
हृदयाघात भएका गुरुङको काठमाडौँको माडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा गुरुङको आइतबार निधन भएको हो ।
आइतबार नै गुरुङको पार्थिव शरीरलाई अन्तिम श्रदाजलीका लागि स्वयम्भू राखिएको थियो । नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवाले लगायत प्रशिक्षक, खेलाडीहरूले लगायतले गुरुङको पार्थिव शरीरमा बक्सिङ सङ्घको झन्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए। त्यस्तै ओलम्पियनहरुले पनि गुरुङको पार्थिव शरीरमा ओलम्पिक कमटीको झन्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए।
सन १९६४ मा जापानको टोकियोमा आयोजित ओलम्पिक प्रतियोगितामा नेपालका तर्फबाट गुरुङ पनि सहभागी भएका थिए।
